शुक्रबार, ६ मंसिर, २०८२

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ असार, २०८१

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

काठमाडौं, असार १४ । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको बताइएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार थिए ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । 

advertisement_1680627706.gif