शुक्रबार, ६ मंसिर, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको एकल इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । 

advertisement_1680627680.gif