राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ७ माघ, २०८०
काठमाडौं। न्याय परिषदबाट छानबिनमा तानिएका जिल्ला न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन। न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा दिएका हुन।
लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले छानबिन नसकिँदै राजीनामा दिएका हुन्। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश भट्टराईले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ।
६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायत माथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।
जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो।