शुक्रबार, ६ मंसिर, २०८२

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ असार, २०८१

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं, असार २ । निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।

आयोगका तत्कालिन सदस्य इश्वरीप्रसाद पौडेल ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेको थियो ।

आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रधान लामो समयदेखि नेपाल कानुन समाजका निर्देशकमा २४ वर्षदेखि कार्यरत छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक व्यवस्थाअनुसार मनोनयन अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानलाई नियुक्त गर्नेछन् ।

advertisement_1676553851.gif