शुक्रबार, ६ मंसिर, २०८२

नेपाल सम्वत् शुभारम्भमा वृहत् र्याली र शुभकामना आदान प्रदान ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ मंसिर, २०८०

नेपाल सम्वत् शुभारम्भमा वृहत् र्याली र शुभकामना आदान प्रदान ।

नेपालगन्ज । नेपाल सम्वत् ११४४ को शुभारम्भको दिन विगतमा झैं  नेपालगन्जमा मंगलवार वृहत् शुभकामना र्यालीको आयोजना गरियो । स्थानीय गणेशमान चोकमा भेला भएका नेवार र गैरनेवार समुदाय लगायत नेवारी भेषभुषामा सजिएका महिला तथा पुरुषहरु करीब २०० वटा मोटरसाइकलमा नेपालगन्जको विभिन्न भागमा नगर परिक्रमा गरी भृकुटीनगरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सहभागी भएका थिए ।


उल्लेखनीय छ, ¥यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभाष चन्द्र बोहरा सपरिवार सहभागी हुनु भएको थियो । 
नेपाल सम्बत् कात्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । नेपालीहरुको दोस्रो ठुलो साँस्कृतिक पर्व तिहारको तेस्रो दिन नेवार समुदायले म्हँ पूजा ९आत्म पूजा० गर्ने परम्परा छ । 
कार्यक्रमको शुभारम्भ र शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नेपाल सम्वत राष्ट्रिय सम्वत् भएकोले हिजो मात्र नेपाल सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरेको बताउनु भयो । 


कार्यक्रममा उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाःलाई सबै जातजाति, वर्ग र समुदायले सम्मान गर्नुपर्ने बताउँदै तत्कालीन समयमा गरीब नेपाली जनताको ऋण तिरेर देशलाई ऋण मुक्त गरेका शंखधर साख्वाःको सम्मानका लागि नेपाल सम्वत्लाई औपचारिक रुपमा प्रचलनमा ल्याउने सरकारले निर्णय गरेको बताउनु भयो । 
सो अवसरमा प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारी, प्रदेश सभा सदस्य तथा राप्रपाकी नेता मीना श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभाष चन्द्र बोहरा, नेवा देय दवूका प्रदेश सल्लाहकार, नेवा देय दवूका, बाँकेका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, बाँके जिल्लाका नेवार गुठीहरुको तर्फबाट घरवारी टोल नेवाः गुठीका अध्यक्ष नेपालगन्ज उपमहानगरपालिका वडा नं। २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, नेवाः पुचः बाँकेका संस्थापक अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ, भृकुटी नगर टोल सुधार समितिका अध्यक्ष सरला विष्ट लगायतले राष्ट्रिय विभूति शंखधर साख्वाको चर्चा गर्दै नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को ऐतिहासिक तथ्य माथि प्रकाश पारेका थिए । उहाँहरुले रञ्जना लिपि र नेपाल सम्वत् पेश गरेपछि मात्र संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता पाएको उल्लेख गर्दै नेपाल सरकारले यो सम्वत्लाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णयको कार्यान्वयन इमान्दारीपूर्वक हुनुपर्ने कुरामा जोड दिएका छन् ।


नेवाः पुचःः बाँकेका संरक्षक परिषद्का पार्षद् पूर्णलाल चुकेले नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा प्रकाश पार्दै वि।सं।९३० मा भक्तपुरका राजा आनन्द देव तथा ललितपुर र काठमाण्डौंमा राजा राघवदेवले राज्य गरिरहेको बेला काठमाडौंका शंखधर साख्वाःले तत्कालीन समयमा सबै नेपालीहरुले राज्यलाई तिर्नुपर्ने ऋण चुक्ता गरेर राज्यलाई ऋण मुक्त घोषणा गरेको हुँदा आज म्हँ पूजाको दिन विक्रम् सम्वत् ९३६ देखि नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिइएको बताउनु भयो । करीब ९ सय वर्षसम्म नेपाल सम्वत् सरकारी औपचारिक सम्वत्को रुपमा प्रचलनमा ल्याइएको थियो । त्यसैले नेपाल सम्वत् नेपालीहरुको मौलिक सम्वत् भएको कुरामा कसैले शंका गर्ने ठाउँ नरहेको बताउनु भयो । 
नेपाल सम्वत्का प्रवर्तक शाख्वाःलाई २०५६ साल मंसिर २ गते तत्कालीन सरकारले राष्ट्रिय विभूति घोषणा ग¥यो र उनको चित्र छापिएको हुलाक टिकट पनि प्रकाशित गरिएको वरिष्ठ पत्रकार चुकेले बताए । 


नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षता तथा नेवाः देय दवू नगर कमिटिका अध्यक्ष दीपेन्द्र कुमार जोशीको सहजीकरण गरेको उक्त कार्यक्रम मुख्य आयोजक नेवाः पुचः बाँके, सहआयोजक नेवाः देय दवू र जिल्लाका करीब दश वटा नेवार गुठीहरुको संयुक्त रुपमा आयोजना गरिएको हो ।

 

नेपाल सम्वत् शुभारम्भमा वृहत् र्याली र शुभकामना आदान प्रदान ।

advertisement_1676551694.gif