राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १२ बैशाख, २०८१
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सरकारी तहमा छ र निजी क्षेत्रबीच दुई गरी आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद, शिक्षा, कला तथा संस्कृति, न्याय, समाचार, पराष्ट्र मामिला, उद्योगबीच समझदारी भएको हो ।
नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कानूनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे ।
प्रधानमन्त्री प्रचण्डले कतारी राजा थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। दुई दिने राजकीय भ्रमणमा आएका कतारी राजाको प्रतिनिधिमण्डल अपरान्ह स्वदेश फर्कने छ ।