शुक्रबार, ६ मंसिर, २०८२

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ असार, २०८०

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘मनाङ एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । यस प्रति मन्त्रीपरिषद्को बैठकले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ । र पर्यटन मन्त्रालयको सहसचिव बुद्धि सागर लामिछानेको नेतत्वमा छानविन गठन गरिएको छ ।’

त्यस्तै, बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने पनि निर्णय गरेको छ ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

advertisement_1676551646.gif