शुक्रबार, ६ मंसिर, २०८२

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने गृहमन्त्रीको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ जेष्ठ, २०८१

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने गृहमन्त्रीको घोषणा

काठमाडौं, जेठ १५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’

उनले त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

advertisement_1676553908.gif