राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० श्रावण, २०८१
काठमाडौँ, साउन १० । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।
गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।