राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौँ, भदौ १३ । सरकारले नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव समेत भएका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवकास जाने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो।
अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन्।