राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १२ चैत्र, २०८०
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
सोमबार आदेश जारी भएपनि फैसला विस्तृत विवरण भने आइसकेको छैन ।
मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।