शुक्रबार, ६ मंसिर, २०८२

लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० असार, २०८१

लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी

काठमाडौं, असार ९ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।

स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्ने गरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अनुसन्‍धान गरेको थियो । छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्यालको समेत संलग्नता पुष्टि भएको गरको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका हुन । 

अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी हुन । 

advertisement_1680627680.gif