शुक्रबार, ६ मंसिर, २०८२

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १० बैशाख, २०८१

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार नेपाल भ्रमणमा आउने कतारी राजा साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको हो ।

कतारी राजा नेपाल आउँदा भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।

advertisement_1676998982.gif