शुक्रबार, ६ मंसिर, २०८२

कर्णाली पुलबाट नदीमा हाम फालेका शाहीको शव फेला पर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १५ चैत्र, २०८०

कर्णाली पुलबाट नदीमा हाम फालेका शाहीको शव फेला पर्यो

कैलाली । होलीको दिन कर्णाली पुलबाट नदीमा हाम फालेका युवकको शव फेला परेको छ। चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमबार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज बिहिबार भेटिएको हो । 

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । 

सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए । नदिमा हाम फालेका १७ जना मध्ये १६ जना नदीबाट निस्किल सफल भएका थिए तर ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । 

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीबार टीकापुरको सन्कट्टी घाटमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले स्थानीय, सुरक्षाकर्मी लगायत टोलीले खोजी गर्नेक्रममा टीकापुरस्थित सन्कट्टीघाटमा शव फेला पारेको बताउनुभयो । 

advertisement_1676998982.gif