राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ५ श्रावण, २०८१
काठमाडौँ, साउन ५ । शनिबार साँझ देशभर विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौँसहित देशका अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको हो ।
विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रसारण लाइनमा रूख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो।
अहिले लामोसाँघु सबस्टेसनबाट अंधिकाश क्षेत्रमा विद्युत आपूर्ति सुचारु भईसकेको प्राधिकरणले जानकारी दिएको छ ।