शुक्रबार, ६ मंसिर, २०८२

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ माघ, २०८०

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं। काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ।

आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ।

हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।

प्राप्त जानकारी  अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।

advertisement_1680627706.gif