शुक्रबार, ६ मंसिर, २०८२

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर,पुस २५ गते सजाय तोकिने।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ पुष, २०८०

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा  दोषी ठहर,पुस २५ गते सजाय तोकिने।

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।

एक नाबालिकाले २०७९ सालको भदौ ६ गते राति  लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै  भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले २०७९ सालको असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

 जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए । 

२०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । पुस २५ गते हुने  सुनुवाइले लामिछानेमाथिको कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । 

 

advertisement_1676551537.gif