शुक्रबार, ६ मंसिर, २०८२

कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १३ बैशाख, २०८१

कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

काठमाडौँ। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

अदालतमा प्रतिवादीको तर्फबाट आठ जनाले कानुन व्यवसायीले बहस गरेका थिए। बहस गर्नेमा गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, आफताब आलम, अनन्त अधिकारीसहितका कानुन व्यवसायीले बहस गरेका थिए।

त्‍यस्‍तै पीडितको तर्फबाट कानुन व्यावसायीहरु पुष्पराज पौडेल र विकास बस्नेत तथा जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए।

advertisement_1676551537.gif