शुक्रबार, ६ मंसिर, २०८२

जनसार्क समन्वय मञ्च नेपालको सातौ बार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ फाल्गुन, २०८०

जनसार्क समन्वय मञ्च  नेपालको सातौ बार्षिक  साधारण सभा काठमाडौँमा सम्पन्न

काठमाडौँ। जनसार्क समन्वय मञ्च  नेपालको सातौ बार्षिक  साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ। फाल्गुण ५ गते शनिबार एक कार्यक्रमका बीच मञ्चका सभापति हरि बहादुर बि सी को सभापतित्वमा सम्पन्न उक्त सथारण सभामा मञ्चका महासचिब सन्तोष कुमार घिमिरेले आ ब २०७९।०८० को सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष दिन दया रिजालले  आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

 मञ्चका सचिब भारत ढकालले साधारण सभामा पेश गरिएका प्रस्ताबहरु सर्वसम्मतिले  पारित  भएको जानकारी गराउनु भयो। साधारण सभामा मन्तब्य राख्दै सभापति हरि बहादुर बि सीले सार्क राष्ट्रहरुका जनता बीच आपसी हितको कुराकानी आदान  प्रदान गरि सुमधुर सम्बन्ध र आपसी समझदारी कायम राख्ने र नेपालको समसामायिक गतिबिधिका बारेमा जानकारी गराउनु भयो।  सार्क रास्ट्रहरुका बिचमा कृषि ,यातायात, बातावरण संरक्षण लगाएतका बिषयमा सहकार्य गर्न सकिने बताउनु भयो। महासचिब सन्तोष कुमार घिमिरेका अनुसार मञ्च को आगामी बर्षको सम्मेलन भारतको सिमलामा हुने छ।  

जनसार्क समन्वय मञ्च  नेपालको सातौ बार्षिक  साधारण सभा काठमाडौँमा सम्पन्न

advertisement_1676551694.gif