राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ आश्विन, २०८०
काठमाडौँ। इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुर पुगेका छन्। न्युरोडको जुद्ध शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन्।
आजको दिन मुख्यरुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ।इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयर/उपमेयरगायतका पदाधिकारीहरू हुनमानढोका पुगेका थिए ।