शुक्रबार, ६ मंसिर, २०८२

इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ बैशाख, २०८१

इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

काठमाडौं । आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदै छ । बैशाख १५ गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्र बनाएको जनाएको छ । 

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुदैछ । निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं २ मा १९ र प्रदेश सभातर्फ बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

advertisement_1676551537.gif