शुक्रबार, ६ मंसिर, २०८२

हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ गर्ने युवतीसहित २ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८१

हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ गर्ने युवतीसहित २ जना पक्राउ

काठमाडौँ, असार २८ । हनी ट्र्याप गरेर करिब एक करोड रुपैयाँको बार्गेनिङ गरेको आरोपमा युवतीसहित २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हनी ट्रयापमा संलग्न रहेकाे आराेपमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ भनिने लिलाबहादुर तामाङलाई काठमाडाैंको बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जानकारी दिएको छ ।  

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर पीडितलाई साथी बनाएकी युवतीले कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेकी थिइन् ।

सोही भिडिओ देखाएर उनीहरूले उक्त रकमको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार उनीहरूले पीडितसँग १५ लाख रुपैयाँ लिइसकेको अनुसन्धानबाट खुलेकाे छ । 

advertisement_1676551537.gif