शुक्रबार, ६ मंसिर, २०८२

हिन्दु नारीहरूको महान चाड तीजलाई मध्‍यनजर गर्दै पशुपति मन्दिर वरपर आजबाट मासु र मदिरा निषेध

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३१ भाद्र, २०८०

हिन्दु नारीहरूको महान चाड तीजलाई मध्‍यनजर गर्दै पशुपति मन्दिर वरपर आजबाट मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । 

हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख गरिएको छ ।

हिन्दु नारीहरूको महान् चाड हरितालिका ९तीज० पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास, मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ। पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।

advertisement_1680627706.gif