राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ श्रावण, २०८१
काठमाडौं , साउन २३ । सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो। आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्।
आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियाे।
हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए। उनीहरू पाँचै जनाकाे निधन भएकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ