शुक्रबार, ६ मंसिर, २०८२

घट्यो पेट्रोलियम पदार्थको मूल्य।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ मंसिर, २०८०

घट्यो पेट्रोलियम पदार्थको मूल्य।

काठमाडौँ नेपाल आयल निगमले आज  पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट  प्राप्त  भएको नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरि मूल्य घटाएको हो। 

आज  रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको बिज्ञप्तिमा बताइएको  छ । नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको आयल निगमले जनाएको छ ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य।

advertisement_1676553851.gif