राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १९ असार, २०८०
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।सोमबार बसेको निगमको बैठकले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
नेपाल आएल निगमले काठमाडौं‚ पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५र५ रुपैयाँ मूल्य घटाएको छ ।
त्यस्तै तराईमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।साथै हवाई इन्धनको मूल्य पनि घटेको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।आएल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । यस अघि आएल निगम नाफामा गएको समाचार हरु प्रकाशनमा आएका थिए।