राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ आश्विन, २०८०
काठमाडौं। नेपाल आयल निगमले शनिबार रति १२ बजे देखि लागु हुने गरि पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रुपैयाँले घटाएको को छ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा ११ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। दशैँ को मुखमै मूल्य घट्दा उपभोक्ताले केहि भएपनि राहत मिलेको छ।