शुक्रबार, ६ मंसिर, २०८२

घट्यो इन्धनको मूल्य ,पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ जेष्ठ, २०८१

घट्यो  इन्धनको मूल्य ,पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो। 

नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । 

advertisement_1676551537.gif