शुक्रबार, ६ मंसिर, २०८२

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १८ जेष्ठ, २०८१

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, जेठ १८ । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो ।

गृहमन्त्री लामिछानेले मंगलबार गणतन्त्र दिवसका अवसरमा उक्त निर्णय गरेका थिए। बुधबारदेखि नै ट्राफिक प्रहरीले उक्त निर्णय कार्यान्वयनमा ल्याएको थियो। मापसे गरी सवारी साधन चलाएर कारबाहीमा परेकाहरुलाई ट्राफिक प्रहरीले सडकमा ट्राफिक व्यवस्थापनमा केही समय खटाउन थालेको थियो। 

मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्ध बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन्। 

बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन्। 

advertisement_1676551646.gif