शुक्रबार, ६ मंसिर, २०८२

एक सय ६८ मुरी धान फलाएका कृषक दम्पतीलाई गाउँपालिकाले दियाे ५० हजार रुपैयाँ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ पुष, २०८०

एक सय ६८ मुरी धान फलाएका कृषक दम्पतीलाई गाउँपालिकाले दियाे ५० हजार रुपैयाँ

पाँचथर। पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने खलोमा स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो लागेको थियाेे। 

गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो। सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो। भान्सामा चिया र नास्ता पाक्दै थियो। 

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए। उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे। मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका हुन्। 

गाउँपालिकाले यस वर्षदेखि सय मुरीभन्दा धेरै धान फलाउनेलाई ५० हजार र ५० मुरीभन्दा बढी फलाउनेलाई ३० हजार रुपैयाँ दिएर पुरस्कृत गर्ने योजना ल्याएको थियो । ५५ वर्षीय मकरबहादुर र ५९ वर्षीया टीकामायाले १ सय ८५ मुरी धान फलाएको दाबीसहित निवेदन दिएका थिए । यही निवेदनपछि जनप्रतिनिधि र कर्मचारीले माना–पाथी र तराजु बोकेर उनको खेतमै नापजाँचमा पुगेका थिए । गाउँपालिकाको योजना तथा प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीले तामाङ दम्पतीले फलाएको धान पाथीले भर्दा ३ हजार ३ सय ६० पाथी ९१ सय ६८ मुरी० र किलोमा जोख्दा ८ हजार ४ सय किलो हाराहारी पुगेको बताए ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले पहाडको दुर्गम भेगमा एउटै परिवारले १ सय ६८ मुरी धान फलाएको सुन्दा सुरुमा त आफूहरू चकित परेको बताए । उनले भने, ‘खेतमै पुगेर तौलेपछि मात्रै पत्यार भयो ।’ स्थानीय तहका जनप्रतिनिधिहरू तामाङको खलामा आउनुभन्दा एक साताअघि फाल्गुनन्द–७ का गणेशकुमार चेम्जोङको खलामा धान जोख्न पुगेका थिए ।

मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन्। मकरबहादुर गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा हुनुहुन्छ । 'गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ', उहाँले भन्नुभयो । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएका स्थानीयवासीको भनाइ छ । 

advertisement_1676553851.gif