राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३२ श्रावण, २०८१
तस्विर: राष्ट्रिय सन्देश
धनगढी, साउन ३२ । डोटीमा बस दुर्घटना भएको छ । शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो । बस दुर्घटनापरि १६ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।