शुक्रबार, ६ मंसिर, २०८२

‘डार्क फाइल’ प्रकरणमा सिधा कुराका सम्पादक, प्रकाशकसहित तीनजनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ असार, २०८१

‘डार्क फाइल’ प्रकरणमा सिधा कुराका सम्पादक, प्रकाशकसहित तीनजनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १४ । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्वा दर्ता भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्वा दायर गरेको हो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो।

उक्त स्टिङ अपरेसन गरिएको भनिएको अडिओ फेक भएको सरकारी वकिलको कार्यालयको दावी छ ।

advertisement_1680627680.gif