राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १४ बैशाख, २०८१
काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन रिहा भएका छन् । यो प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि शुक्रबार पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन्।
सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि शुक्रबार पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन्। उक्त रकम आज शुक्रवार (एक हप्ता पछि) बुझाएर पुन छुटेका हुन्।
गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए।
उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हु्न । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।