राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ श्रावण, २०८१
काठमाडौं, साउन २७ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । मीश्री लम्सालको निमन्त्रणामा नेपाल आएका हुन् ।
मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । सचिव विक्रम मिश्री भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।