शुक्रबार, ६ मंसिर, २०८२

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने सरकारको निर्णय।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ कार्तिक, २०८०

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने सरकारको निर्णय।

काठमाडौं ।  सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बताइएको छ। 

 

‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क गर्ने सरकारले बताएको छ। । साथै सरकारले निजि अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव समेत गरेको छ ।

 

सरकारको भनाइअनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतका अनुसार  ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’
 

advertisement_1676553851.gif