शुक्रबार, ६ मंसिर, २०८२

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ श्रावण, २०८१

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं, साउन १४। सरकारले तीन वटा प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद्‌ बैठकले तीन प्रदेशका प्रदेश प्रमुखहरू नियुक्ति गरेको हो ।

सरकारले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको बताए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्।

advertisement_1676551646.gif