राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३
२०८३ बैशाख २२, काठमाडौं । केही दिनदेखि परिरहेको वर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।
काभ्रेको नमोबुद्ध नगरपालिका-६ चौकी डाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा र खोलाले सडक बगाउँदा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ । बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। लमजुङको मध्य नेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्य पहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका-३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका-८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ । त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन् ।
यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ । पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
