शुक्रबार, ६ मंसिर, २०८२

बाढी, पहिरोलगायतका विपद्‍मा परी ८८ जनाको मृत्यु, १ सय ६ जना घाइते, ३ हजार ४६२ परिवार विस्थापित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २८ असार, २०८१

बाढी, पहिरोलगायतका विपद्‍मा परी ८८ जनाको मृत्यु,  १ सय ६ जना घाइते, ३ हजार ४६२ परिवार विस्थापित

काठमाडौँ, असार २७ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा ४, बागमती प्रदेशमा ५, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी जम्मा ८८ जनाको मृत्यु भएको हो। देशभर गरेर अहिलेसम्म १०६ जना घाइते भएका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् ।

हालसम्‍म बाढीका कारण १७६ घर डुबानमा परेका छन् । विपद्‍का घटनाबाट ३ हजार ४६२ परिवार विस्थापित भएका छन्।

advertisement_1676551537.gif