शुक्रबार, ६ मंसिर, २०८२

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ३९ जनाको मृत्यु, ४ हजार ३० घर परिवार विस्थापित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ श्रावण, २०८१

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ३९ जनाको मृत्यु, ४ हजार ३० घर परिवार विस्थापित

काठमाडौं, साउन ११ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३९ जनाको मृत्यु भएको हो ।

बाढी पहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपदमा परी एक सय ५६ जना घाइते भएका छन् ।

उक्त अवधिमा विपद्‍का घटनाबाट  चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

advertisement_1676551537.gif