राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ५ श्रावण, २०८१
काठमाडौँ, साउन ५ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय २८ जनाको मृत्यु भएको छ ।
अविरल वर्षा भएको गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु हुनुको साथै एक सय ४३ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार हाल अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।