शुक्रबार, ६ मंसिर, २०८२

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु, १ सय ४४ जना घाइते, ३ हजार ९ सय ९८ घर परिवार विस्थापित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ श्रावण, २०८१

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु, १ सय ४४ जना घाइते, ३ हजार ९ सय ९८ घर परिवार विस्थापित

काठमाडौँ, साउन ७ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता भएका छन् ।

उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ९ सय ९८ घर परिवार विस्थापित भएका छन् ।

advertisement_1676551646.gif