शुक्रबार, ६ मंसिर, २०८२

अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ भाद्र, २०८०

अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालय तानिएको छ । 

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सिडिओ बनाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । 

रुपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयमा तानेको छ गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओमा सरुवा गरिएको छ। त्यसै गरी मन्त्रालयमा सहसचिव  शिवराम गेलाललाई महोत्तरीको सिडिओमा सरुवा गरिएको छ । महोत्तरीका सिडिओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सिडिओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओ बनाइएको छ ।

advertisement_1676553908.gif