शुक्रबार, ६ मंसिर, २०८२

आज शनिवार पनि बैङ्क तथा वित्तीय संस्था खुल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ असार, २०८०

आज शनिवार पनि बैङ्क तथा वित्तीय संस्था खुल्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रवार निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले असार २३ र ३० गते शनिवार राजस्व सङ्कलन, चेक क्लियर एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फन्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ । 

advertisement_1676998982.gif