राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ असार, २०८२
२४ असार २०८२, काठमाडौं । एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो । हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ ।
आज असार २४ गते मंगलबार बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।