राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ आश्विन, २०८२
२०८२ असोज १३, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।
अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।