शुक्रबार, ६ मंसिर, २०८२

काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ४ श्रावण, २०८२

काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । शनिबार दिउँसो ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले बताएको छ ।

शनिबार दिउँसो १२ : २० बजेतिर रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भइ नियन्त्रण गुमाउँदा भित्री सडक खण्डमा दुर्घटना भएको हो । बसमा ३२ जना सवार थिए ।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दुर्घटनापछि बस घटनास्थलमै रोकिएको छ भने चालकलाई दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

advertisement_1676553851.gif