शनिबार, ९ जेष्ठ, २०८३

रास्वपा सचिवालय बैठकले नेताहरूलाई गर्यो यी विभाग तथा सहमहामंत्रीमा मनोनयन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ बैशाख, २०८३

रास्वपा सचिवालय बैठकले नेताहरूलाई गर्यो यी विभाग तथा सहमहामंत्रीमा मनोनयन

२०८३ बैशाख २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न केन्द्रीय विभाग र जिम्मेवारीहरूमा नयाँ नियुक्ति गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट-अप र र्‍यापिड एक्सन टिमलगायतका महत्त्वपूर्ण क्षेत्रमा नेतृत्व चयन गरेको हो ।

पार्टीको निर्णय अनुसार केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरिएको छ भने आर्थिक विकास र उद्यमशीलतालाई लक्षित गर्दै डाक्टर प्रभात अधिकारीलाई स्टार्ट-अप विभागको प्रमुखको जिम्मेवारी सुम्पिएको छ ।

यसैगरी, पार्टीको परिचालन शक्तिलाई व्यवस्थित बनाउन गठित र्‍यापिड एक्सन टिमको केन्द्रीय प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) र उप-प्रमुखमा सशस्त्र प्रहरी बलका पूर्व डीआईजी विदुर खड्कालाई नियुक्त गरिएको छ ।

यसै बैठकले कर्णाली प्रदेशको सांगठनिक संरचनालाई पनि पूर्णता दिने क्रममा राजबहादुर साह र अविसरा सुवेदीलाई प्रदेश सह-महामन्त्रीको जिम्मेवारी प्रदान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । नयाँ नियुक्तिका माध्यमबाट पार्टीले आगामी कार्ययोजना र प्रादेशिक संरचनालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।

advertisement_1676998982.gif