राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ बैशाख, २०८३
२०८३ बैशाख १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापले संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरुको अनौपचारिक छलफल हुने जानकारी दिएका छन् ।
स्वपा संसदीय दलको कार्यालयमा विहान ११ बजे बस्ने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरुलाई उपस्थितिको लागि रास्वापाले अनुरोध गरेको छ ।
दुई तिहाई नजिक बहुमत भएको रास्वपा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला रास्वपाको संसदीय दलको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।