राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ बैशाख, २०८३
२०८३ बैशाख २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका हुन् । बैठकमा संगठन विस्तार, आन्तरिक व्यवस्थापन तथा आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।
बैठकको कार्यसूचीमा पार्टीको भेला तथा अधिवेशनसम्बन्धी विशेष तालिका तय गर्ने, विभिन्न आयोग र विभागका पदाधिकारी मनोनयन गर्ने तथा जिल्ला समितिसम्बन्धी विषय समावेश गरिएको छ ।
त्यसैगरी अनुशासनसम्बन्धी कारबाही, केन्द्रीय समिति बैठकको तयारी तथा पार्टी संरचनासँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।