राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २० आश्विन, २०८३
२०८३ असोज २० काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन बन्दसत्र जारी रहेको छ । सोमबार सुरु भएको बन्दसत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ ।
हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्दसत्र भइरहेको हो ।
आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्द सुरु गरिएको जानकार दिए । उनले तीनवटा हलमा आ-आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएकामा आज सुरुवातमा छुट्टाछुट्टै भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाई पारित गर्ने योजना बनाइएको छ ।